Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार प्रति गम्भीर ध्यानाकर्षण।

admin २०८२ पुष २५ गते
सेयर:

बैंकिङ खबर/ एन आई सी एशिया बैंक लि.को इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको घटना प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ।

बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीहरुसँगसँगै समग्र बैंकिङ्ग क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको छ। बैंक कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पुर्याउने उद्देश्यका साथ पेट्रोल जस्तो अति प्रज्वलनशिल पदार्थ छर्कने जस्ता कानूनद्वारा बर्जित गम्भीर कृयाकलापबाट मुलुकको आर्थिक विकासमा ठूलो योगदान पु¥याइरहेको बैंकिङ्ग क्षेत्रलाई नै नकारात्मक असर पार्ने र काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस गरिरहेको अवस्था छ।

कुनै पनि वहानामा कर्मचारीमाथि हुने यस्ता अभद्र व्यवहार सैह्य नहुने हुँदा उक्त घटनामा संलग्न व्यक्ति उपर सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारवाही गर्न र बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरुको शान्ति सुरक्षा कायम गर्न गराउन सम्बन्धित निकायसँग यस बैंक हार्दिक अनुरोध गर्दछ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।