Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर ल्याउने।

admin २०८२ पुष २० गते
सेयर:

बैंकिङ खबर/ एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको दुई बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग आधिकारिक रूपमा अनुमति मागेको हो। पुष २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्दै आवश्यक स्वीकृतिका लागि राष्ट्र बैंकमा प्रस्ताव दर्ता गरेको बैंकले जनाएको छ।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ छ। सोही पुँजीको आधारमा बैंकले करिब ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि वार्षिक साधारणसभाबाट पारित गरी मात्रै हकप्रद सेयर जारी प्रक्रियालाई अन्तिम रुप दिइनेछ।

बैंकले २०७६ सालदेखि नै हकप्रदमार्फत पुँजी संरचना सबल बनाउने प्रयास गरे पनि त्यतिबेला राष्ट्र बैंकको नीतिगत प्रतिबन्धका कारण अघि बढ्न सकेको थिएन। पुँजीकोषमा देखिएको दबाबकै कारण बैंकले अग्राधिकार सेयरसम्म जारी गर्ने विचार समेत बनाएको थियो। न्यूनतम पुँजीकोष कायम नहुँदा केही समय बैंकलाई लाभांश वितरणमा रोक लगाइँदा पुँजी संकट समाधान चुनौतीपूर्ण बनेको थियो।

तर, नयाँ गभर्नर आएपछि मौद्रिक नीतिमा पुँजी वृद्धिलो वातावरण सहज बनाइएपछि बैंकले पुनः हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने निर्णय लिएको हो।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।