२०८२ पुष १५ गते

तुलसीपुरमा रहस्यमय ६० लाख फेला !

बैंकिङ खबर/ दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरास्थित एक घरबाट प्रहरीले करिब ६० लाख रुपैयाँ बरामद गरेको छ। प्रहरीले स्रोत नखुलेको उक्त रकमसहित घरमालिक दुर्गा केसीलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनले रकमको वैध स्रोत स्पष्ट गर्न नसकेको प्रहरीले जानकारी दिएको छ। बरामद रकम चोरी गरिएको हुन सक्ने आशंका गर्दै प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।