
बैंकिङ खबर / विभिन्न देशका केन्द्रीय बैंकहरूले एआई प्रविधिको मोडलमा बैंकिङ क्षेत्र अघि बढ्ने प्रक्षेपण अनुसार काम गरीरहेका छन् । कैयौं देशहरुमा यो प्रविधि लागु भइसकेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग बढाउँदै लग्ने, विद्युतीय मुद्राको प्रारूप तयार पार्ने, केन्द्रीय ग्राहक पहिचान प्रणाली केवाईसी निर्माण गर्ने, राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउनेजस्ता योजना नेपालको केन्द्रीय बैंकले पाँच बर्ष अघि नै अघि सारेको थियो । गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा ती कुरा उल्लेख भएपनि नेपालमा एआइको प्रयोग ब्न अझै केही समय लाग्ने देखिएको छ । राष्ट्र बैंकले इजाजतपत्र जारी गरेका बैंक तथा वित्तीय संस्थामा कृत्रिम बौद्धिकता एआईलाई अधिकतम सदुपयोग गर्न प्रोत्साहन गरिने एवं यसका चुनौती र अवसर पहिल्याउँदै प्रयोग बढाउन प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीति छ ।
एआईसम्बन्धी नियमन विभिन्न देशका केन्द्रीय बैंकहरूका लागि अहिले नयाँ विषयका रूपमा रहेको छ । युरोपेली केन्द्रीय बैंक ईसीबीले यसलाई कार्यान्वयनमा ल्याएको छ । जस अनुसार बैंक अफ इंग्ल्यान्ड, मनिटरी अथोरिटी अफ सिंगापुरजस्ता केन्द्रीय बैंकहरु एआईका विषयमा अध्ययन, परीक्षण, प्रयोग र नियमनमा अत्यन्तै अगाडि छन् । नेपालको हकमा २०७८ सालमा सार्वजनिक गरिएको राष्ट्र बैंकको चौथो रणनीतिक योजनामा पनि होलसेल, रिटेल र क्रसबोर्डर सीबीडीसीबारे उल्लेख थियो । राष्ट्र बैंकले होलसेल सीबीडीसीको पाइलट परीक्षण २०२६ अगस्टमा गर्ने लक्ष्य लिएको थियो । पछिल्ला वर्षमा भुक्तानी प्रणालीको आधुनिकीकरणमा उल्लेख्य प्रगति भएको छ । सोही अनुसारका विभिन्न डिजिटल कम्पनहिरु पनि बढ्दै गएका छन् ।
विश्वका प्रख्यात बैँकहरूले एआईको अबधारणालाई अंगिकार गरीसकेका छन् । अमेरिकाको जेपी मोर्गन चेस, सिटी बैँक, सिङ्गापुरको डीबीएस, युरोपको एचएसबीसी र बीएनपी परिबासले एजेन्टिक एआईलाई विभिन्न कार्यक्षेत्रमा प्रयोग गरिरहेका छन् । भारतमा एसबीआई, एचएफडीसी, आईसीआईसीआई बैँकहरूले एजेन्टिक एआई प्रयोग गरी काम गरीरहेका छन् । ती बैंकहरुमा ग्राहक सेवा, पेमेन्ट सेवा, धोकाधडी पहिचान, जोखिम मूल्याङ्कन, कर्जा स्वीकृति र नियामकीय क्षेत्रमा समेत एआई एजेन्टहरूबाट काम भइसहेको छ ।
बैंकिङ क्षेत्रमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) बाट अधिकाँस कामहरु गर्न सकिन्छ । बैंकवित्तमा भइरहेका विभिन्न ढिलासुस्तीलाई छिटो छरितो सँगसँगै ग्राहकलाई सजिलै सेवा प्रदान गर्ने काम देखि रिपोर्टहरु तयार गर्नमा समेत एआईमार्फत गर्न र गराउन सकिन्छ ।
ग्राहक सेवा : एआई पावरड चैटबोटहरूले ग्राहकहरूलाई द्दद्धरठ सेवा प्रदान गर्न सक्छन्, जसले ग्राहकहरूको प्रश्नहरूको उत्तर दिन्छ र उनीहरूको समस्याहरू हल गर्दछ।
कर्जा अनुमोदन : एआईले कर्जाको लागि आवेदन दिनेहरूको क्रेडिट स्कोर र अन्य जानकारीहरूको विश्लेषण गरेर कर्जा अनुमोदन गर्ने प्रक्रियालाई तीव्र बनाउन सक्छ।
रिस्क म्यानेजमेन्ट : एआईले बैंकहरूको रिस्क म्यानेजमेन्ट प्रक्रियालाई सुधार गर्न सक्छ, जसले उनीहरूलाई अधिक प्रभावी रूपमा रिस्कहरू व्यवस्थापन गर्न मद्दत गर्दछ।
कम्प्लियन्स : एआईले बैंकहरूलाई नियमहरू र शर्तहरूको पालनामा मद्दत गर्न सक्छ, जसले उनीहरूलाई जुर्माना र अन्य दण्डहरूबाट बचाउँछ।
डेटा विश्लेषण : एआईले बैंकहरूको डेटाको विश्लेषण गरेर उनीहरूलाई अधिक प्रभावी व्यवसायिक निर्णयहरू गर्न मद्दत गर्न सक्छ।
डिजिटल पेमेंटस् एआईले डिजिटल पेमेंट प्रक्रियालाई सुधार गर्न सक्छ, जसले ग्राहकहरूलाई अधिक सुरक्षित र सुविधाजनक पेमेंट विकल्पहरू प्रदान गर्दछ।
वित्तीय शिक्षा : एआईले ग्राहकहरूलाई वित्तीय शिक्षा प्रदान गर्न सक्छ, जसले उनीहरूलाई अधिक प्रभावी रूपमा आफ्नो वित्त व्यवस्थापन गर्न मद्दत गर्दछ।
साइबर सुरक्षा : एआईले बैंकहरूको साइबर सुरक्षालाई सुधार गर्न सक्छ, जसले उनीहरूलाई साइबर हमलाहरूबाट बचाउँछ।