गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकैदिन दुई शाखा विस्तार गरेको छ । संस्थाले कास्की जिल्लाको लेखनाथ–५, विजयपुर र तनहुँ जिल्लाको शुक्लागण्डकी –४, बेलचौतारामा शाखा कार्यालय स्थापना गरी विहीबारदेखि सञ्चालनमा ल्याएको हो ।
सोही अवसर पारेर पहिलो कर्जास्वरुप विजयपुर शाखा कार्यालयकी सदस्यसनमाँया पौडेललाई कुखुरापालन व्यवसाय संचालन गर्न ६० हजार रुपैयाँ प्रमुख कार्यकारीको अधिकृतको हातबाट प्रदान गरिएको थियो ।