Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

फोनपे र बैंक प्रतिस्पर्धाले दबायो नमस्ते पेको बजार हिस्सा

admin २०८२ मंसिर १९ गते
सेयर:

बैंकिङ खबर / २०७८ भदौ २९ देखि सञ्चालनमा आएको नमस्ते पे स्थापना भएयता पनि लगातार घाटामै छ। नेपाल टेलिकम (६२%) र राष्ट्रिय वाणिज्य बैंक (३८%)को संयुक्त लगानी, ४० करोड चुक्ता पुँजीसहित बनेको यो वालेटले पहिलो वर्ष १७ लाख घाटाबाट सुरु गरी २०७८/७९ मा ३.३२ करोड, २०७९/८० मा ५.३२ करोड, २०८०/८१ मा ४.७४ करोड र २०८१/८२ मा इतिहासकै उच्च ६.३२ करोड घाटा सामना गरेको छ। कम्पनीको मौज्दात घाटा १९.४८ करोड८८ पुगेको छ।

ग्राहक आम्दानी ८५ लाख (२०७८/७९) बाट बढेर २०८०/८१ मा ४ करोड पुगे पनि २०८१/८२ मा ३.६५ करोड पुगेको छ।कम्पनीका अनुसार ढिलो मार्केट प्रवेश, कोभिड–कालीन प्राविधिक चुनौती, इकोसिस्टम निर्माणमा लागेको समय र न्यूनतम सेवाबाट सुरुवात गर्दा अपेक्षित वृद्धि हुन सकेन। उनीहरूको दाबीमा मोबाइल वालेट उद्योगमा नाफा देखिन कम्तीमा ७ वर्ष लाग्छ।

उता PSO (जस्तै फोनपे, कनेक्टआईपीएस) र बैंकहरूले वालेटकै सेवा आफ्नै एपमार्फत बेच्न थालेपछि पीएसपीहरूको बजार सिमित भएको नमस्ते पेको आरोप छ। क्रस–होल्डिङ र नियमनको कमजोरीका कारण वालेटहरूको वित्तीय अवस्था कमजोर भएको बताइएको छ।

लगानीकर्ता टेलिकम र आरबीबीबाट पर्याप्त सहयोग नआएको कम्पनीभित्रै आलोचना छ। आरबीबीले लगानी बाहेक व्यापार नदिएको, आफैं प्रतिस्पर्धी एप चलाएको, टेलिकमले वालेटमार्फत रिचार्जरकमिसन भुक्तानी गर्न आग्रह हुँदा डिलरको प्रभावले अवरोध गरेको अभियोग छ।कम्पनीले अब आधारभूत सेवा विस्तार भइसकेको बताउँदै आगामी ३–६ महिनामा ग्राहक वृद्धि (ग्रोथ फेज) मा प्रवेश गर्ने दाबी गरेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।