२०८२ मंसिर १० गते

डिजिटल कारोबार उछालमा, मोबाइल–इन्टरनेट बैंकिङ दुवै बढ्यो

बैंकिङ खबर / देशभर अनलाइन भुक्तानीको प्रयोग तीव्र गतिमा बढेको छ। मोबाइल–इन्टरनेट बैंकिङ, वालेट, कनेक्ट–आइपीएस र कार्डमार्फत हुने कारोबार निरन्तर उकालो देखिएको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असोजमा मोबाइल बैंकिङ कारोबार ५४ अर्ब ८५ करोड १५ लाख पुगेको छ, जुन गत वर्षको ४० अर्ब १२ करोड ४१ लाख भन्दा धेरै हो। इन्टरनेट बैंकिङ कारोबार पनि २१ करोड ९० लाख पुगेको छ, जबकि गत वर्ष यही अवधिमा १७ करोड २६ लाख थियो।

मोबाइल बैंकिङ प्रयोगकर्ता असोजमा २ करोड ८४ लाख १८ हजार, इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाखभन्दा बढी, र कनेक्ट–आइपीएस प्रयोगकर्ता १४ लाख ८१ हजार ३८८ पुगेका छन्।