Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकका ग्राहकलाई होटल क्राउन इम्पेरियलमा १५% छुट सुविधा

२०८२ कार्तिक २७ गते

बैंकिङ खबर /एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले रविभवन, काठमाडौंमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवाहरुमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।उक्त सुविधा उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।