Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अधिकृत पूँजी १० करोड पुर्याउर्दै मिर्मिरे माइक्रोफाइनान्स

२०७३ पुष १८ गते

मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडले आ.ब. ०७२/०७३ मा कायम चुक्ता पूँजीको आधारमा १ः०.५० को अनुपातमा साबिकका शेयरधनीलाई जारी गर्न लागेको प्रति शेयर रु.१०० का दरले हुने १,५०,००० कित्ता हकप्रद शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७३ पौष १८ गते सोमबार सम्पन्न भएको हो । संझौतामा मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी तथा निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका तर्फबाट महा–प्रबन्धक शंकर प्रसाद कालीकोटाले हस्ताक्षर गर्नुभएको छ । मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेन्ट बैंक लिमिटेडको छैठौं वार्षिक साधारण सभाले कम्पनीको अधिकृत पूँजी रु.१०,००,००,०००– (दश करोड) पुर्याउने निर्णय गरेको छ ।