Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

पुनः २५ करोड रुपैयाँ तरलता प्रशोचन गर्दै नेपाल राष्ट्र बैंक

२०७३ पुष १९ गते

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको रिभर्स रिपो विक्री गर्ने भएको छ । वित्तीय प्रणालीमा तरलता सन्तुलन कायम गर्नका लागि राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले आगामी बुधबार सात दिने अवधिको रिभर्स रिपो जारी गर्न लागेको हो । 

रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्री गरिने राष्ट्र बैंकले जनाएको छ । 'क', 'ख' र 'ग' वर्गका बैंकहरुले उक्त रिभर्स रिपो खरिद गर्न पाउनेछन् । उक्त रिभर्स रिभर्स आगामी पुस २७ गते परिपक्व हुनेछ ।

बैंक तथा वित्तीय संस्थामा रहेको तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्नका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने गर्दछ । यसअघि, गत साताको बुधबार पनि राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरि बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गरेको थियो ।