
बैंकिङ खबर/ सूचना, सञ्चार तथा प्रविधिमन्त्रीमा जगदीश खरेलले पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा आगामी पाँच महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।
आज मन्त्रालयमा जिम्मेवारी सम्हालेका मन्त्री खरेलले कर्मचारीले तयार पारेको प्रस्तावमा केही संशोधन गराई उक्त निर्णय गरेको बताएका छन् । उनका अनुसार काठमाडौं बाहेकका प्रमुख शहरका पार्क, चोक र सार्वजनिक स्थलमा प्रारम्भिक चरणमै इन्टरनेट सेवा विस्तार गरिने छ ।



