Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

फिल्प्स लिमिटेडको सीईओमा विश्वास ढकाल नियुक्त

admin २०८२ आश्विन २ गते
सेयर:

बैंकिङ खबर/ नेपालका प्रख्यात फिनटेक उद्यमी विश्वास ढकाललाई दुबईस्थित ग्लोबल फिनटेक कम्पनी फिल्प्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरिएको छ।

सन् २००४ मा एफवान सफ्ट इन्टरनेसनल स्थापना गरेका ढकाल नेपालका सबैभन्दा सफल फिनटेक उद्यमी मानिन्छन्। उनको कम्पनीको सेवा नेपालका करिब ९० प्रतिशत बैंकहरूले प्रयोग गरिरहेका छन्। ढकालले इसेवा र फोन पे मार्फत लाखौँ प्रयोगकर्तालाई डिजिटल भुक्तानी सेवामा समावेश गरिसकेका छन्।

फिल्प्समा ढकालको नेतृत्वमा बंगलादेशको सिटी बैंक र एबी बैंक पीएलसीसँग रणनीतिक साझेदारीमार्फत डिजिटल बैंकिङ र डिजिटल लेन्डिङ सुविधा प्रदान गर्ने काम अघि बढाइनेछ।

ढकालले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाल प्रतिनिधित्व गर्दै विभिन्न पुरस्कार र मान्यता पाइसकेका छन्। उनको नियुक्तिले नेपाली फिनटेक क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच र प्रभावलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।