Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आज देशभरका सबै बैंकवित्त पूर्ण बन्द

admin २०८२ भाद्र २५ गते
सेयर:


बैंकिङ खबर/ जेनजीको आन्दोलनका कारण आज देशभरका बैंकवित्त पूर्ण बन्द हुने भएको छ । बुधबार देशभरका सबै बैंक पूर्ण रुपमा बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।

राष्ट्र बैंकसँग छलफल गरेर देशभरका बैंकिङ कार्यालय पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिएका छन् ।

उनका अनुसार बैंकका महत्वपूर्ण कागजात पनि जलाउनुपर्छ भन्ने धम्कीपूर्ण सन्देशहरु आएका छन् । सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै अब विस्तारै वातावरण शान्त हुँदै गएपछि भने बैंकहरु बिहीबारबाट क्रमश खुल्दै जाने उनले बताए ।

मंगलबार देशभर भएको प्रदर्शन तोडफोड र आगजनीमा केही बैंकका कार्यालयहरुमा पनि क्षति पुगेको छ भने धेरै एटीएमहरु तोडफोड भएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।