Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतले वृद्धि

admin २०८२ श्रावण २९ गते
सेयर:

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ९२ करोड रुपैयाँ थियो।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार, खुद ब्याज आम्दानी ७.९९ प्रतिशतले घटे पनि इम्पेरमेन्ट चार्ज उल्लेखनीय रूपमा घट्दा नाफा बढेको हो। समीक्षा अवधिमा खुद कमिसन आम्दानी १०.०५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी १.५४ प्रतिशतले घटेको छ। तर, इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित हुँदा सञ्चालन मुनाफा ३८.५५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ। गत असारसम्म वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ, वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा, प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा र मूल्य–आम्दानी अनुपात १४.१२ गुणा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ र जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।