
बैंकिङ खबर/ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘Nepse AI’ नामक एपमार्फत ठगी बढ्न थालेपछि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
पछिल्ला दिनहरूमा फेसबुक, इन्स्टा, टिकटकलगायतका सामाजिक सञ्जालबाट शेयर बजारको विश्लेषण भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई उक्त एप डाउनलोड गर्न लोभ्याउने प्रवृत्ति बढेको सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।
ब्युरोका अनुसार, एप इन्स्टल गरी पासवर्ड तथा सेन्सेटिभ विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल डिभाइसमा पूर्ण नियन्त्रण लिइने र बैंक खाताबाट रकम चोर्ने घटनाहरू दर्ता भएका छन् । प्रहरीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना विवरण सार्वजनिक गर्दै केही उजुरी प्राप्त भएको बताएको छ ।
ब्युरोले स्क्यामबाट बच्न निम्न सावधानी अपनाउन सुझाएको छ-
१. टू-फ्याक्टर अथेन्टिकेशन कोड प्रयोग गर्न (सम्भव भएमा SMS मार्फत)।
१. पासवर्ड समय- समयमा परिवर्तन गर्ने ।
३. Nepse AI लगायत र विज्ञापन लिंक र अपरिचित एप इन्स्टल नगर्ने ।
४. आफ्नो डिभाइसमा अनधिकृत ‘AnyDesk’, ‘TeamViewer’ वा रिमोट एक्सेस कसैलाई नदिने ।
५. आधिकारिक स्रोतहरू ‘Google Play Store’ वा ‘Apple App Store’ बाट मात्र डाउनलोड गर्न ।
