२०८२ श्रावण २१ गते

डिशहोमले सार्वजनिक गर्‍यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड

बैंकिङ खबर/डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सक्रिय ग्राहकहरूका लागि यो सुविधा ल्याएको जानकारी दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार यो सुविधा “माइ डिशहोम एप” मा उपलब्ध हुनेछ । एपमा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, ट्राभल तथा लाइफस्टाइल ब्रान्डहरूमा २५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएको कम्पनीको भनाइ छ । आगामी दिनमा १०० भन्दा बढी ब्रान्डहरूमा यो सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न सकिने ब्रान्ड तथा लिस्टहरू:

क्र.सं

ब्रान्ड / आउटलेट 

स्थान 

१ 

बर्गर हाउस एण्ड क्रन्ची फ्राइड 

चिकेन 

निर्धारित आउटलेटहरूमा 

२ 

 

सिद्धार्थ हस्पिटालिटी ग्रुप (होटल, 

रिसोर्ट, कटीज, रेस्टुरेन्ट र 

क्याफे) 

 

 

महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा (चितवन), 

चुम्लिङटार (चितवन), बौद्ध (काठमाडौं), नेपालगञ्ज, 

बिर्तामोड, नारायणगढ, बुटवल, टिकापुर (कैलाली), 

सुन्धारा (काठमाडौं), नुवाकोट, दमौली, टिंकुने, ललितपुर, 

पुरानो बानेश्वर, धोम्बोजी (नेपालगञ्ज), मनमोहन 

(काठमाडौं), महाराजगञ्ज 

 

३ 

होटल ले हिमालय 

काठमाडौं 

४ 

लेक साइड रिट्रिट 

पोखरा 

५ 

इला कम्फर्ट होटल्स एण्ड 

रिसोर्ट्स 

हरकपुर, मौलाकाली, बाग्लुङ 

६ 

मेलुङ ठकाली 

सबै आउटलेट 

७ 

साकी एण्ड फेङ रेस्टुरेन्ट 

काठमाडौं 

८ 

लुम्बिनी केबलकार 

बुटवल 

९ 

मौलाकाली केबलकार 

गैडाकोट, चितवन 

१० 

अचार घर 

कमलपोखरि, कुपन्डोल​