Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच व्यावसायिक सम्झौता

admin २०८२ श्रावण १४ गते
सेयर:

बैंकिङ खबर/ एनआईसी एसिया बैंक र बूढानीलकण्ठ हेरिटेज लिमिटेडबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बूढानीलकण्ठ हेरिटेज लिमिटेडका जनरल म्यानेजर मनोज कुमार थापाले व्यावसायिक सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यसअनुसार बैंकका ग्राहकहरुले लेमोन ट्री प्रिमियर, बूढानीलकण्ठमा सेवा लिँदा विशेष छुट पाउनेछन्। उनीहरुले लेमोन ट्री प्रिमियरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेयपदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन्। यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।