March 24th, 2016

ओरालो लाग्दै बैँकहरुको कर्जा लगानी

homeloanउत्पादनशील क्षेत्रको विकासको लागि बैंकहरुले गर्ने कर्जा लगानीको दायरा खुम्चिएको छ । गत बर्षको तुलनामा यो बर्ष ३.४ प्रतिशतले खुम्चिएको हो । गत आवको माघसम्ममा बैंकहरुको कर्जा लगानी १०.५ प्रतिशतले बढेकामा चालू आवको यसै अवधिमा भने ७.१ प्रतिशतले मात्र बढेको छ । भुकम्प र नाकाबन्दीका कारण सर्वसाधारणहरुले लगानी गर्न नपाएका कारण कर्जा लगानी घटेको बैंकहरुले जनाएका छन् । ०७२ माघसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र विकास बैंकहरुको कर्जा प्रवाह क्रमशः ८.३ प्रतिशत र ३.३ प्रतिशतले बढेको छ । यसैगरी वित्त कम्पनीहरुको ०.९ प्रतिशतले घटेको छ । यस अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ६.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.४ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७२/७३ को ७ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कुल कर्जामध्ये ५९.८ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । बैंकहरुको कर्जा ओरालो लागेपछि बैंकहरूले साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जासमेत देखिएको छ । चालू आवको माघसम्म कुल कर्जाको २.७ प्रतिशत कर्जा यस क्षेत्रमा छ भने वाणिज्य बैंकहरुबाट प्रवाहित हुने आयात कर्जा ७.८ प्रतिशले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २१ प्रतिशतले बढेको थियो ।

बैंकहरुको कर्जा लगानी घटेतापनि निक्षेपका भने उल्लेखनीय वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ०७१ माघमा बैंकहरूको निक्षेप ५.९ प्रतिशतले बढेकामा ०७२ माघमा भने ८.२ प्रतिशतले बढेको छ । यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप क्रमशः ८.८ प्रतिशत, ४.७ प्रतिशत र ७.४ प्रतिशतले बढेको छ ।

माघसम्म बैंकहरुले १९ खर्ब २२ अर्ब निक्षेप संकलन गरी १४ खर्ब ५८ अर्ब कर्जा लगानी गरेका छन् । निक्षेप वृद्धिको तुलनामा कर्जा लगानी नहुँदा बजारमा अधिक तरलता छ । यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत तरलता प्रशोचन गर्दै आएको छ । ०७२ माघसम्ममा केन्द्रीय बैंकले बजारबाट ४ खर्ब ४ अर्ब तरलता प्रशोचन गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]