स्मार्टफोनको बजार विश्वमै एकदमै तिव्र गतिमा अघि बढिरहेको छ । हरेक मोबाइल निर्माता कम्पनीहरु धेरै सुविधायुक्त र सहुलियत दरको स्मार्टफोन उत्पादन गर्ने होेडबाजीमा रहेका छन् । नेपालमा मोबाइलको सबैभन्दा ठूलो हिस्सा चिनियाँ मोबाइलहरुले ओगटेका छन् । चिनियाँ मोबाइलले नेपालको ३३ प्रतिशत बजार ओगटेको तथ्यांक छ । नेपाली समाज सुहाउँदो हरेक किसिमका माबाइल फोनहरु नेपाली बजारमा उपलब्ध छन् । जसमध्ये, सामसुङ, जियोनी, माइक्रोम्याक्स, हुवावे, एलजी, एप्पल, लेनेभो, श्याओमी, ओप्पो, एआई लगायतका कम्पनीहरुको मोबाइलबीचमा प्रतिष्पर्धा छ ।
नोकिया
नोकियालाई सबैभन्दा भरपर्दो र टिकाउ फोन मानिन्छ । नोकियाका सामान्य र सस्ता मोबाइलहरुदेखि लिएर महँगा र आकर्षक फोनहरुसम्म नेपालमा उपलब्ध छत् । नेपालमा धेरै पहिलोदेखि नै चलिरहेको नोकिया १५० वर्षभन्दा पुरानो मोबाइल कम्पनी हो । यसको हेडक्वार्टर फिनल्यान्डमा रहेको छ ।
नेपालमा नोकियाका पुराना नयाँ गरी ७५ थरीका मोबाइलहरु उपलब्ध छन् । पुराना मोडेलहरु १८ सयदेखि ५३ हजारसम्मका छन् । १८ सयदेखि सात हजारको रेञ्जमा किप्याड भएका सामान्य नोकिया फोनहरु पाइन्छन् । छ हजारदेखि १० हजारसम्ममा डबल सिम लाग्ने सी२–०३, आसा ३०५, ३०६, ३०८, ३०० र ३०९ पाइन्छन् । आसामा ३०२, ३११ र ३०३ को मूल्य ११ हजारदेखि १३ हजारको रेञ्जमा रहेको छ । त्यस्तै, १४ हजारदेखि १८ हजारको रेञ्जमा सी५–०६, एक्स३–०२, सी५–०३, ५०० (२ जीबी), ई५ र नोकिया लुमिया ५१० पाइन्छ भने २१ हजारदेखि २३ हजारसम्ममा आउने नोकिया फोनहरु लुमिया ७१०, सी६–००, लुमिया ६१० र सी६–०१ हुन् । दुई जीबी इन्टर्नल मेमोरी भएको नोकिया एन७०० को २७ हजार पाँच सय रुपैयाँ पर्छ भने एन७०१ को ३० हजार पाँच सय रुपैयाँ पर्छ, जसमा ८ जीबी इन्टर्नल मेमोरी हुन्छ । त्यस्तै, एन८ लाई ३२ हजार पर्छ । यसमा १६ जीबी इन्टर्नल मेमोरी हुन्छ । १६ जीबीकै मेमोरी भएको एन९ लाई भने ५० हजार पाँच सय रुपैयाँ पर्छ । ३२ हजार पाँच सयमा ई६ पाइन्छ भने आठ जीबी इन्टर्नल मेमोरी भएको एक्स७ लाई ३३ हजार पर्छ । लुमिया ८०० को ४० हजार पर्छ भने ८२० को ४२ हजार दुई सय पर्छ । १६ जीबीको मेमोरी भएको ई७को ४५ हजार पर्छ भने १६जीबीकै मेमोरी भएको नोकिया ८०८ को ५३ हजार रुपैयाँ पर्छ । पूरानो मोडलमै नोकिया ५०२ को मूल्य १० हजार पाँच सय रुपैयाँ पर्छ । त्यस्तै, नोकियाका अन्य माबाइलहरुमा साढे दुई हजारदेखि छ हजासम्ममा किप्याड भएका, डबल सिम लाग्ने र मल्टिमिडिया समेत भएका मोबाइलहरु पाइन्छन् । नोकिया लुमियामा ५२५ को १७ हजार, ५२० को १९ हजार पाँच सय, ६२० को २३ हजार पाँच सय, ६२५ को २६ हजार पाँच सय, ७२०को ३० हजार पाँच सय, ९२५को ४४ हजार पाँच सय, ९२० को ६३ हजार, १३२०को ३८ हजार, १५२०को ७७ हजार पाँच सय, ९३०को ६१ हजार, ८३०को ४६ हजार रुपैयाँ पर्छ । लुमियामा नै सस्तो खाले फोनहरु पनि पाइन्छन् । जसमध्ये, ४३०को आठ हजार तीन सय, ४३५को १० हजार, ५३२को १२ हजार, ५३५ को १५ हजार दुई सय, ५४०को १८ हजार र ६४० एक्सएलको २५ हजार रुपैयाँ पर्छ । यसबाहेक, १३ हजार पाँच सयमा नोकिया एक्स, १७ हजार छ सयमा नोकिया ६३० र एक्सएल पाइन्छ ।
सामसुङ
कोरियन कम्पनी सामसुङका दुई हजार रुपैयाँदेखि ९० हजारसम्मका मोबाइलहरु नेपाली बजारमा पाइन्छन् । नेपालमा पाइने सामसुङका सामान्य मोबाइलहरु २ हजार रुपैयाँबाट सुरु हुन्छन् भने स्मार्टफोनहरु भने ५ हजारभन्दा बढी मूल्यबाट सुरु हुन्छन् । हाल नेपाली बजारमा पाइने सबैभन्दा महंगो स्मार्टफोन सामसुङ ग्यालेक्सी एज हो जसको मूल्य ८८ हजार ५ सय रुपैयाँ रहेको छ । सामसुङको सस्तो साधारण मोबाइलहरु भनेको २ हजार रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्मको हाराहारीमा पाइने गुरु र हिरो सिरिजका मोबाइलहरु हुन् । ५ हजारदेखि १० हजार रुपैयाँसम्ममा मेट्रो सिरिजका मोबाइलहरु तथा ग्यालेक्सी स्टार सिरिज र कर्बि सिरिजका स्मार्टफोनहरु आउँछन् । त्यस्तै १० हजारदेखि १५ हजार रुपैयाँको हाराहारीमा ग्यालेक्सी वाइ, स्टार टु ड्योस, ग्यालेक्सी प्रो, जे १, कोर प्राइम, ग्रयाण्ड नियो प्लस, एस ४ सिडीएमए, कर्बि प्लस जस्ता फोनहरु पाइन्छन् । ग्रयाण्ड प्राइमको मूल्य भने करिब १६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, ग्यालेक्सी सिरिजका ग्रयाण्ड टु, इ फाइभ, ए थ्री, इ सेभेन, जे फाइभ, जे सेभेन, वेब टु जस्ता फाृनहरु २० हजारदेखि ३० हजार रुपैयाँको हाराहारीमा पाइन्छन् । ३० हजारभन्दा बढी मूल्य पर्ने सामसुङका स्मार्टफोनहरु ए फाइभ, ए सेभेन, के जुम, एस ४, एस ५, एस सिक्स, एस सिक्स एज नोट २, नोट ३, नोट ४ रहेका छन् ।
साढे नौ हजार रुपैयाँ पर्ने सामसुङ ग्योलेक्सी जे वानमा १ जीबी र्याम र ८ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ । साथमा माइक्रो एसडी कार्ड समेत छ । ५ मेगापिक्सेल क्षमताको क्यामेरा भएको फोनमा दुई वटा सिम लाग्छ । सोही मूल्यको हाराहारीमा पाइने ग्यालेक्सी जे वान एसमा ५१२ एमबी र्याम, ४ जीबी रोम र साथमा माइक्रो एसडी कार्ड स्लट पनि उपलब्ध छ । ५ मेगापिक्सेल रियर क्यामेरा भएको फोनमा २ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामेरा छ ।
त्यस्तै १२ हजार मूल्यको सामसुङ ग्यालेक्सी जे २ मा १ जीबी र्याम, ८ जीबी इन्टर्नल स्टोरेज र माइक्रो एसडी कार्ड स्लट उपलब्ध छ भने ५ मेगापिक्सेल रियर क्यामेरा र २ मेगापिक्सेल क्षमताको फ्रन्ट क्यामेरा छ । १४ हजार पर्ने सामसुङ ग्योलेक्सी ग्राण्डमा १ जीबी र्याम, ८ जीबी इन्टर्नल स्टोरेज र माइक्रो एसडी कार्ड स्लट उपलब्ध छ भने ८ मेगापिक्सेल क्षमताको रियर क्यामेराको साथमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
यसबाहेक, सामसुङका नयाँ फोनहरु सामसुङ ग्यालेक्सी जे ३, जे ५, जे म्याक्स, जे ७, जे ५ प्राइम, जे ७ प्राइम लगायतमा थप फिचर्सहरु छन् । उत्कृष्ट रियर तथा फ्रन्ट क्यामेरा, उच्च क्षमताको ब्याट्री, हेर्दा आकर्षक तथा स्लिम, धेरै इन्टर्नल स्टोरेज लगायत थुप्रै सुविधाहरु छन् ।
एप्पल
नेपाली बजारमा एप्पल ब्राण्डका साढे ५६ हजार देखि एक लाख ३३ हजार पाँच सय ५० रुपैयाँसम्मका फोनहरु उपलब्ध छन् । १६ जीबीको आईफोन ४ ५६ हजार पाँच सयमा उपलब्ध छ । त्यस्तै, ३२ जीबीको आईफोन ४ लाई साढे ६६ हजार पर्छ । १६ जीबीको आईफोन ४ एस ७० हजारमा आउँछ भने ३२ जीबीको लाई ७६ हजार पर्छ । १६ जीबीको आईफोन ५ लाई ७९ हजार पर्छ । आईफोन ५ एस १६ जीबी र ३२ जीबी क्रमशः ६८ हजार र ७४ हजारमा उपलब्ध छन् भने १६, ६४ र १२८ जीबीका आईफोन ६ क्रमशः ८२ हजार, ७८ हजार र ८८ हजार रुपैयाँमा पाइन्छन् । १६, ६४ र १२८ जीबीका आईफोन ६ प्लसको भने क्रमशः ९२ हजार पाँच सय, ७८ हजार र एक लाख १८ हजार रुपैयाँ पर्छ । ६ एसको कुरा गर्दा १६, ३२ र ६४ जीबीका आईफोनको क्रमशः ९० हजार पाँच सय ५०, एक लाख आठ हजार पाँच सय ५० र एक लाख २० हजार पाँच सय ५० रुपैयाँ पर्छ । यता, ६ एस प्लसको कुरा गर्दा १६, ६४ र १२८ जीबीका आईफोनको क्रमशः एक लाख आठ हजार पाँच सय ५०, एक लाख २२ हजार पाँच सय ५० र एक लाख ३३ हजार पाँच सय ५० रुपैयाँ पर्छ । आईफोन एसईमा १६ जीबीको ५७ हजार नौ सय ५० र ६४ जीबीको ७० हजार नौ सय ५० रुपैयाँ पर्छ । आईफोन ७ मा ३२, १२८ र २५६ जीबीको क्रमशः ९१ हजार, एक लाख पाँच हजार पाँच सय र एक लाख १९ हजार पाँच सय रुपैयाँ पर्छ । त्यस्तै, ३२, १२८ र २५६ जीबीका आइफोन ७ प्लसको क्रमशः एक लाख आठ हजार, एक लाख २२ हजार पाँच सय र एक लाख २७ हजार पाँच सय ५० रुपैयाँ पर्छ ।
एप्पल विश्वकै सबैभन्दा शक्तिशाली मोबाइल ब्राण्ड मानिन्छ । यसको बजार विश्वभर व्यापक रुपमा फैलिएको छ । विशेषतः समयसमयमा फरक तथा थप फिचर्स सहित आउने नयाँ सिरिजहरुले युवा पुस्तालाई बढी नै आकर्षिक गरिरहेको छ । अरु स्मार्टफोनहरुको तुलनामा छिटो चल्ने यो फोनमा ह्याङ हुने समस्या हुँदैन । विशेषतः सुरक्षाको दृष्टिले आईफोन एकदमै राम्रो र भरपर्दो मानिन्छ ।
जियोनी
पछिल्लो समय निकै चर्चामा छ, चिनियाँ मोबाइल ब्राण्ड जियोनी । विशेषतः फ्लाससहितको फ्रन्ट क्यामेराले जियोनीलाई बढी चर्चित बनाएको छ । पछिल्लो समय बढ्दो रुपमा रहेको सेल्फी क्रेजलाई सुहाउँदो फोन प्रस्तुत गरेर जियोनीले नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । साथमा हेर्दा आकर्षक र स्लिम देखिने जियोनीको मूल्य पनि रिजनेबल भएकाले नेपाली बजारमा यसको लोकप्रियता बढिरहेको पाइन्छ ।
नेपालमा जियोनी ब्राण्डका नौ हजारदेखि ५५ हजारसम्मका स्मार्टफोन उपलब्ध छन् । जियोनी पी ३ एसको नौ हजार पर्छ, जुन जियानी ब्राण्डको सबैभन्दा सस्तो स्मार्टफोन हो । १० हजारमा पी २ एम पाइन्छ भने पायोनियर पि ६ को ११ हजार चार सय ९५ रुपैयाँ पर्छ । १६ हजारमा एफ १०३ पाइन्छ । म्याराथन एम ३ र एम ५ को क्रमशः १८ हजार र २८ हजार रुपैयाँ पर्छ । त्यस्तै,। इलाइफ एस ७ र एस ८ को क्रमशः ३५ हजार र ५५ हजार रुपैयाँ पर्छ भने जियोनी पी ५ डब्लू को १२ हजार रुपैयाँ पर्छ ।
हुवावे
हुवावे चिनियाँ कम्पनी हो । नेपालमा हुवावेका सात हजारदेखि ७२ हजारसम्मका मोबाइल उपलब्ध छन् । सात हजारमा हुवावे वाई ३ सी पाइन्छ भने मेट ८ को ७२ हजार रुपैयाँ पर्छ । वाई ३३६ (वाई ३ सी)को सात हजार चार सय, वाई ४३१(वाई ५ सी) को नौ हजार पाँच सय र वाई ५ सीको आठ हजार पाँच सय रुपैयाँ पर्छ । त्यस्तै, हुवावे वाई ६२५ को मूल्य १२ हजार पाँच सय रुपैयाँ रहेको छ भने १३ हजारमा हुवावे टी १–७०१ यू (७ इन्च ट्याबलेट) पाइन्छ । १३ हजार पाँच सयमा हुवावे एसेन्ड जी ५२५ पाइन्छ भने अनर होलीको १४ हजार रुपैयाँ पर्छ । सीडीएमए र जीएसएम दुबैथरी सिम लाग्ने हुवावे सी ८८१६ डीको मूल्य १५ हजार सात सय रुपैयाँ रहेको छ भने एसेन्ड ६२० को १५ हजार आठ सय रुपैयाँ पर्छ । त्यस्तै, अनर ३ सीको मूल्य १७ हजार पाँच सय, मिडिया प्याड ७ (युथ २ ट्याब)को १८ हजार दुई सय, बी २ टकब्याण्डको १८ हजार दुई सय ५०, बी २ टकब्यान्ड गोल्डको १९ हजार दुई सय रुपैयाँ रहेको छ । हुवावे मिडियाप्याड एक्स २ (४ जी) को ५० हजार रुपैयाँ पर्छ । मिडियाप्याड टी १ ट्याबमा १० इन्चकोलाई ३० हजार, ८ इन्चकोलाई २१ हजार र ७ इन्चकोलाई १७ हजार पाँच सय रुपैयाँ पर्छ । त्यसैगरी, हुवावे वाई ६ सीडीएमएको १९ हजार, जी प्ले मिनिको १७ हजार, अनर ४एक्सको २३ हजार, पी ८ लाइट (४जी)को २७ हजार, एसेन्ड पी ७ (४जी) को ३४ हजार पाँच सय, मिडियाप्याड एक्स२ को ४७ हजार नौ सय, एसेन्ड मेट ७ (४जी) को ५७ हजार पाँच सय, पी ८ (४जी)को ६० हजार, एसेन्ड मेट ७ गोल्ड (४जी)को ६५ हजार, वाई ६ प्रो गोल्डको १५ हजार र जीआर ५ को २६ हजार पाँच सय रुपैयाँ पर्छ । जी ७ प्लस गोल्ड एडिसन (४जी)लाई ५० हजार, पी ८ म्याक्स अल्ट्रालाई ७१ हजार चार सय र जीआर ३ लाई २० हजार रुपैयाँ पर्छ । हुवावेका फोनहरु देख्दा आकर्षण, फराकिलो स्क्रिन र राम्रो क्यामेरा भएका हुन्छन् । साथमा थोरै मूल्यदेखिका फोनहरु पनि बजारमा उपलब्ध भएकाले सबै स्तरका प्रयोगकर्तालाई समेट्न यो ब्राण्ड सफल भएको देखिन्छ ।
माइक्रोम्याक्स
माइक्रोम्याक्स भारतीय मोबाइल कम्पनी हो । नेपालमा यस कम्पनीका पूराना र नयाँ दुई थरी मोडेलका फोनहरु उपलब्ध छन् । पूराना मोडेलहरु चार हजार चार सय रुपैयाँदेखि ३६ हजार पाँच सय रुपैयाँसम्ममा पाइन्छन् । यस कम्पनीको सबैभन्दा सस्तो फोन बोल्ट ए२४ हो भने माइक्रोम्याक्स क्यानभास नाइट ए३५० सबैभन्दा महँगो फोन हो । यसबाहेक, माइक्रोम्याक्स बोल्टमा ए२७ लाई पाँच हजार चार सय, ए२८ लाई ट हजार दुई सय, ए६१ लाई सात हजार नौ सय, ए४७ लाई आठ हजार चार सय र ए६७ लाई नौ हजार नौ सय रुपैयाँ पर्छ । त्यस्तै, माइक्रोम्याक्स क्यानभासमा इंगेज ए०९१ लाई नौ हजार चार सय, फन ए७६ लाई १२ हजार दुई सय, डुडल ३ ए१०२ लाई १३ हजार नौ सय, सोइसल ए९४ लाई १३ हजार नौ सय ५० र पावर ए९६ लाई १५ हजार पाँच सय रुपैयाँ पर्छ । ११ हजार तीन सय रुपैयाँमा माइक्रोम्याक्स युनाइट१ ए०९२ पाइन्छ भने क्यानभास २ मा कलर्स ए१२० लाई १७ हजार आठ सय २५ र प्लस ए११०क्यू लाई १९ हजार पाँच सय रुपैयाँ पर्छ । माइक्रोम्याक्सका नयाँ मोडेलहरु भने १३ हजार दुई सय देखि २६ हजार छ सय रुपैयाँसम्मका छन् । माइक्रोम्याक्स क्यानभासमा सेल्फी (ए२२५)को २६ हजार छ सय, एक्सप्रेस२ ए३१३ को १३ हजार आठ सय २०, युनाइट२ ए१०६ को १३ हजार दुई सय, सेल्फी२ क्यू३४० को १० हजार पाँच सय ६०, सिल्भर५को २५ हजार पाँच सय, एचडी प्लस ए१९० को १७ हजार नौ सय, निट्रो ए३१०को २१ हजार, निट्रो३ को १५ हजार आठ सय ४० र निट्रो ४जी ई४५५को १९ हजार रुपैयाँ पर्छ । माइक्रोम्याक्स क्यानभास ५ ई४८१ को मूल्य २१ हजार पाँच सय रुपैयाँ रहेको छ ।
माइक्रोम्याक्सका फोनहरु टिकाउ हुन्छन् । साथमा थोरै मूल्यमा पनि आकर्षक फिचर्ससहितका मोबाइल पाइने भएकाले नेपालमा माइक्रोम्याक्स मोबाइलको बजार पनि राम्रो छ ।
एलजी
एलजी कोरियाको कम्पनी हो । नेपालमा पहिलेदेखि नै चलेको कम्पनीको हो एलजी । नेपालमा एलजीका पूराना मोडेलमा दुई हजार दुई सय ५० रुपैयाँदेखि ५४ हजारसम्मका मोबाइल पाइन्छन् भने नयाँ मोडेलमा १२ हजार पाँच सयदेखि ६० हजार रुपैयाँसम्मका मोबाइल पाइन्छन् । दुई हजार दुई सय ५०मा ए१८०, तीन हजार पाँच सयमा जीबी २१० र केपी ११९, चार हजार पाँच सयमा केपी २२०, पाँच हजार नौ सय ५०मा टी३०० कुकी लाइट, छ हजार दुई सयमा टी५०० फुल टच र ए२५८ फोल्डिङ र सात हजार नौ सयमा जीएक्स३०० डबल सिम पाइन्छ । आठ हजारदेखि नौ हजारभित्रमा एस३६५ डबल सिम, सी३७५ डबल सिम, टी५१५ कुकी डबल सिम, टी३७५ कुकी स्मार्ट र केपी ३२० पाइन्छ । त्यस्तै, साढे ११ हजारमा टच स्क्रिन सहितको वाईफाई चल्ने टी३२५ पाइन्छ । १३ हजारमा अप्टिमस एल३ इ४०० पाइन्छ । सी६६० एनरोइडलाई १७ हजार पाँच सय पर्छ भने अप्टिमस नेट डुअल पी६९८ लाई १८ हजार पाँच सय पर्छ । २२ हजारमा अप्टिमस एल५ इ६१० पाइन्छ भने २२ हजार आठ सयमा इ५१० एन्रोइड पाइन्छ । त्यस्तै, ३१ हजारमा अप्टिमस एल७ पी७०५ र ५४ हजारमा अप्टिमस ४एक्स एचडी पाइन्छ । नयाँ मोडेलमा भने अप्टिमस एल३ डुअल इ४०५ को १२ हजार पाँच सय, एल७०को १३ हजार, एल बेल्लोको १७ हजार, जी प्रो लाइटको २० हजार, जी२ मिनिको २२ हजार, जी३ स्टाइलसको ३० हजार, जी२को ४५ हजार र जी३ को ६० हजार रुपैयाँ पर्छ ।
एलजी पूरानो मोबाइल कम्पनी हो । पूराना मोडेलदेखि नयाँ पुस्ताहरुको रुचिअनुसारका मोडेलसम्मका मोबाइलहरु यस कम्पनीले उत्पादन गर्दै आइरहेको छ । फोल्डिङ, स्क्रिन टच, स्लाइड, कीप्याड सबै किसिमका मोबाइलहरु यस कम्पनीले उपलब्ध गराइरहेको छ । समयसापेक्ष रुपमा आफूलाई परिवर्तन गर्दै आइरहेको यस कम्पनीका मोबाइलहरु पनि टिकाउमध्येमा गनिन्छन् ।
सोनी एक्सपेरिया
सोनी कम्पनीले उत्पादन गर्ने मोबाइल तथा ट्याबलेटहरुको ब्राण्डको नाम हो सोनी एक्सेपेरिया । यो जापानी कम्पनी हो । एउटा तथा दुई वटा सिम लाग्ने, स्मार्टफोन तथा ट्याबलेट सबै किसिमका सोनी एक्सपेरिया नेपाली बजारमा उपलब्ध छन् । सोनी एक्सपेरियाका फोनहरु हेर्दा निकै आकर्षक देखिन्छन् भने स्क्रिन पनि ठूलो र आकर्षक हुन्छन् ।
नेपालमा यो ब्राण्डका मोबाइल फोनहरु १४ हजार पाँच सय ५० देखि ८१ हजार रुपैयाँसम्ममा पाइन्छन् । १४ हजार पाँच सय ५० मा सोनी एक्स्पेरिया इ४ डेअल आउँछ भने जेड५ को ८१ हजार रुपैयाँ पर्छ । यसबाहेक, एम२ मा सिंगल(डी२३०५) को १९ हजार एक सय १०, डुअल (डी२३०२)को २० हजार एक सय र एक्वा(डी२४०३) को २५ हजार रुप्ैयाँ पर्छ । सी३ डुअल(डी२५०२)को पनि २५ हजार पर्छ । २८ हजारमा सोनी एक्सपेरिया जेड पाइन्छ भने २९ हजार पाँच सयमा टी२ डुअल(डी५३२२) पाइन्छ । एम४ एक्वालाई ३० हजार पाँच सय ५० पर्छ भने ३० हजार नौ सयमा टी३(डी५१०२) पाइन्छ । ३७ हजार सात सय ५० मा सी४, ४१ हजार छ सय ५०मा जेड१(डी६९०२), ४३ हजार तीन सयमा जेड२, ४७ हजारमा सी५ अल्ट्रा डुअल र ५५ हजारमा जेड३ कम्प्याक्ट (डी५८३३) पाइन्छ । त्यस्तै, सोनी एक्सपेरियाका दुईवटा ट्याबलेट नेपाली बजारमा उपलब्ध छन् । जसमध्ये, जेड३ ट्याबलेट (एसजीपी५२१)को ७२ हजार सात सय ५० रुपैयाँ पर्छ भने जेड२ ट्याबलेटको ८० हजार रुपैयाँ पर्छ ।
एचटीसी
नेपालमा एचटीसीका १६ हजारदेखि ५६ हजार रुपैयाँसम्म पर्ने फोनहरु उपलब्ध छन् । १६ सय रुपैयाँमा एचटीसी वाइल्डफायर एस पाइन्छ भने एचटीसी एक्सप्लोरर एन्रोइडको १८ हजार पाँच सय रुपैयाँ पर्छ । १९ हजार पाँच सयमा डिजायर सी, २१ हजारमा वाइल्ड फायर, २३ हजारमा साल्सा, २७ हजार पाँच सयमा वान भी र ३० हजार पाँच सयमा डिजायर भी पाइन्छ । ३२ हजारमा डिजायर एचडी र एचडी ७ पाइन्छ भने इभो ३डीको ३६ हजार पाँच सय रुपैयाँ पर्छ । त्यस्तै, ४० हजारमा सेन्सेसन एक्सई, ४४ हजार पाँच सयमा वान एस, ४८ हजारमा सेन्सेसन एक्सएल र ५६ हजारमा वान एक्स पाइन्छ ।
एचटीसी कम्पनीको प्रधान कार्यालय चीनको ताइवानमा रहेको छ । यो कम्पनीका मोबाइलहरु आकर्षक लुक, र समयसापेक्ष परिमार्जनका कारण नेपाली बजारमा राम्रै बिक्ने गरेका छन् ।
प्यानासोनिक
प्यानासोनिक जापानी कम्पनी हो । नेपाली बजारमा यो ब्राण्डका १५ सयदेखि २५ हजारसम्म मूल्य पर्ने मोबाइलहरु उपलब्ध छन् । किप्याड भएका मोबाइलहरुमध्ये, १५ सय रुपैयाँमा प्यानासोनिकको १.८ इन्चको स्क्रिन, एलईडी टर्चलाइट र ब्लुटुथ समेत भएको ईजेड १८० मोडेलको मोबाइल पाइन्छ । ईजेड २४०को १९ सय रुपैयाँ पर्छ । यसमा २.४ इन्चको स्क्रिन, १.३ मेगापिक्सेल क्यामेरा र ब्लुटुथ समेत हुन्छ । डबल सिम लाग्ने यो मोबाइलमा इन्टरनेट चलाउन मिल्छ । २.४ इन्चकै स्क्रिन, १.३ मेगापिक्सेल क्यामेरा र ब्लुटुथ भएका तथा डबल सिम लाग्ने जीडी२१ र जीडी२५सीको क्रमशः २३ सय र चार हजार रुपैयाँ पर्छ ।
टचस्क्रिन भएको, एन्रोइड फोनहरुको मूल्य ५५ सयदेखि सुरु हुन्छ । प्यानासोनिक टी१० लभको ५५ सय, टी३१ को छ हजार, टी३३ को आठ हजार, टी ४०को नौ हजार र टी४१को १० हजार रुपैयाँ पर्छ । यी फोनहरुमा एकदेखि आठ जीबीसम्म क्षमताका इन्टर्नल मेमोरी, ५ मेगापिक्सेलसम्मको क्यामेरा र ३.५ देखि ४.५ इन्चसम्मको टच स्क्रिन हुन्छ ।
१३ हजार छ सयमा प्यानासोनिक पी४१ आउँछ, जसमा आठ जीबी इन्टर्नल मेमोरीको साथमा एक जीबी र्याम र ५ इन्चको टचस्क्रिन हुन्छ । १४ हजार पाँच सय पर्ने इलुगा आईमा पनि आठ जीबी इन्टर्नल मेमोरीको साथमा एक जीबी र्याम र ५ इन्चको टचस्क्रिन हुन्छ भने यसमा दुईवटा सिम लाग्छ । १५ हजार पाँच सयमा पी५५ नोभो र १८ हजारमा इलुगा एस पाइन्छ । ५.३ इन्चको स्क्रिन भएको पी५५ नोभोमा १३ मेगापिक्सेल क्यामेरा छ भने फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ । ५ इन्चको स्क्रिन भएको इलुगा एसमा ८ मेगापिक्सेलकाृ क्यामेरा हुन्छ । २२ हजार पाँच सयमा इलुगा जेड, २३ हजार पाँच सयमा पी८१ र २५ हजार छ सयमा इलुगा आइकन पाइन्छ । ५ देखि ५.५ इन्च टचस्क्रिन भएका यी फोनहरुमा १३ मेगापिक्सेलको क्यामेरा हुन्छ भने इन्टर्नर मेमोरी पनि राम्रो हुन्छ ।
कलर्स
कलर्स विशेषतः नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुका लागि उत्पादित चिनियाँ मोबाइल हो । नेपाली बजारमा कलर्सका १५ सयदेखि १३ हजार पाँच सयसम्मका साधारण तथा पूराना मोडेलका मोबाइल फोनहरु उपलब्ध छन् । नयाँ मोडेलमा २८ सयदेखि २१ हजार रुपैयाँसम्म पर्ने मोबाइलहरु पाइन्छन् । २८ सयमा कलर्स एफ२६ आउँछ भने जीएसएम र सीडीएमले दुबै लाग्ने सीजी ९५०को ३९ सय रुपैयाँ पर्छ । यी दुवै मोबाइल किप्याड भएका मोबाइल हुन् । टचस्क्रिनमा भने पाँच हजारमा हिरो एक्स१८ र प्राइड पी१५, छ हजारमा जुम मिनि एक्स२५ र वेभ एक्स २१, सात हजारमा प्राइड पी३०, साढे सात हजारमा पावर एक्स११६, ट्रेन्ड टी२० र न्यू एक्स १११, आठ हजारमा क्वाड एक्स११३, साढे नौ हजारमा ट्रेन्ड टी५० र एक्स११७ मेगा क्वाड र १० हजारमा फ्लास एक्स ११८ पाइन्छ । एक्स टी ७३१ नोटबुकको ११ हजार पर्छ भने के २० ड्रोइड र पेरल ब्ल्याक के१५ रकको साढे १२ हजार पर्छ । १३ हजारमा इलाइट ई१०, साढे १५ हजारा विन डब्लू१०, १५ हजारमा एक्स ११५ र एक्सटी७५१ नोटबुक, १५ हजार छ सयमा इलाइट ई२० र २१ हजारमा पर्ल ब्ल्याक के३ पाइन्छ ।
कार्बोन
कार्बोन भारतीय मोबाइल कम्पनी हो । कार्बोन कम्पनीका सिंगल र डबल सिम, किप्याड र स्क्रिन टच, जीएसएम र स्काई सिम लाग्ने, पूराना र नयाँ मोडेल सबै खाले मोबाइलहरु नेपाली बजारमा उपलब्ध छन् ।
यो ब्राण्डका मोबाइलहरु नेपालमा पाँच हजारदेखि २६ हजार रुपैयाँ मूल्यसम्मका पाइन्छन् । साढे छ हजारमा कार्बोन स्मार्ट ए५१ प्लस, पाँच हजारमा केसी ५४०, ११ हजारमा टिटानियम एस१ प्लस र एस९९, साढे सात हजारमा स्मार्ट ए१००, १६ हजारमा ए२९ र २६ हजारमा टिटानियम एस९ पाइन्छ । त्यस्तै, साढे छ हजारमा ए५० (एन्रोइड ४.०) र आठ हजारमा ए२ आउँछ भने साढे आठ हजार तिरेपछि ए५ स्टार, ए४ र स्मार्ट ए५१ पाइन्छ । ए२६ को १३ हजार पर्छ भने ए२५को साढे १४ हजार, ए१२ र ए२१ प्लसको १४ हजार पर्छ । ए२७को १५ हजार पर्छ, जुन एन्रोइड ४.१ हो । कार्बन टिनानियममा एस१ को १७ हजार, एस२ र एस५को साढे १७ हजार र एस५ प्लसको साढे १८ हजार रुपैयाँ पर्छ । कार्बोन ए३० टीए–फोन पनि साढे १७ हजारमा पाइन्छ ।
लाभा
लाभा पनि भारतीय मोबाइल कम्पनी हो । यो कम्पनीका मोबाइलहरु टिकाउ मानिन्छन् । यो कम्पनीका पनि सबै खाले मोबाइलहरु नेपाली बजारमा उपलब्ध छन् । यो ब्राण्डका मोबाइलहरु सात हजारदेखि १९ हजार रुपैयाँ मूल्यसम्मका छन् । १९ हजारमा लाभा आईरिस एक्स१ पाइन्छ । यो फोनमा १३ मेगापिक्सेलको एलईडी फ्लाससहितको क्यामेरा उपलब्ध छ । एन्रोइड ५.० (ललिपप) भर्जनको यो फोनको स्क्रिन ५.५ इन्चको हुन्छ भने दुई जीबी र्याम र १६ जीबीको रोम समेत हुन्छ । त्यस्तै, साढे १६ हजार पर्ने लाभा आईरिस एक्स८ मा आठ मेडापिक्सेलको क्यामेरा, ५ इन्चको स्क्रिन, दुई जीबी र्याम र १६ जीबीको रोम हुन्छ । लाभा आईरिस एक्स८ क्यू १२ हजारमा पाइन्छ भने आईरिस एक्स१ प्लसको १० हजार पर्छ । नौ हजारमा आईरिस एटम२ र आईरिस ५१० पाइन्छ । आईरिस एक्स१ एटमको भने सात हजार रुपैयाँ पर्छ । आईरिस एक्स१ एटम, ५१० र एटम२ मा ५ मेगापिक्सेलको क्यामेरा र ५.१२ एमबी र्याम तथा आठ जीबीको रोम उपलब्ध छ भने एक्स१ प्लस र एक्स८क्यूमा आड मेगापिक्सेलको क्यामेरा र एक जीबी र्याम तथा आठ जीबीको रोम हुन्छ ।
सीजी
सीजी नेपालको चौधरी ग्रुपद्धारा उत्पादित मोबाइल हो । नेपाली मोडेल भएकाले नेपालमा यो ब्राण्डमा मोबाइलहरु खासै महँगो पर्दैन । नेपालमा यो ब्राण्डका १२ मोडेलहरु उपलब्ध छन्, जसमध्ये, चार वटा किप्याडवाला हुन् भने बाँकी आठ वटा स्क्रिन टच हुन् । किप्याड भएका सीजी मोबाइलहरु एक हजारदेखि दुई हजारको रेञ्जमा पाइन्छन् । स्क्रिन टचमा भने सीजी एस्ट्रो २४२डब्लूको तीन हजार, इओन ३जीको साढे चार हजार, इओन एक्स४को साढे पाँच हजार, इओन लाइटको आठ हजार, इओन एक्सप्रेसको साढे आठ हजार, इओन लाइट प्लसको नौ हजार, इओन ब्लेजको ११ हजार र इओन इलाइटको २० हजार रुपैयाँ पर्छ । ३.५ देखि पाँच इन्चसम्मका डिस्प्ले भएका सीजी स्क्रिन टच फोनहरु १.३ देखि १३ मेगापिक्सेलसम्म क्षमताका क्यामेरा भएका हुन्छन् । यो ब्राण्डका मोबाइलहरुमा आकर्षक इन्टर्नल स्पेस पाइन्छ ।


