राष्ट्र बैंकले ९१ दिने र ३६४ दिने गरी दुई प्रकारका ट्रेजरी बिल जारी गर्नेछ । नौ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने हुनेछ, जुन आगामी चैत १५ गते परिपक्व हुनेछ । बाँकी एक अर्ब ४५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलभ ने ३६४ दिने हुनेछ । यो ट्रेजरी बिल ०७४ पुस ११ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले गत सोमबार पनि १२ अर्ब ५० करोड ५७ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकले ९१ दिने अवधिको आठ अर्ब २३ करोड रुपैयाँ बराबरको, १८२ दिने अवधिको दुई अर्ब ६५ करोड सात लाख ५० हजार रुपैयाँ बराबरको र एक अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरको ३६४ दिने अवधिको गरी तीन प्रकारका ट्रेजरी बिलका लागि बोलकबोल आह्वान गरेको थियो । राष्ट्र बैंकका अनुसार, ९१ दिने अवधिको ट्रेजरी बिलमा १६ अर्ब ६८ करोड रुपैयाँको बोलकबोल परेको छ भने १८२ दिने र २६४ दिने अवधिको ट्रेजरी बिलमा क्रमशः आठ अर्ब ६५ करोड सात लाख ५० हजार रुपैयाँ र सात अर्ब ४५ करोड ५० लाख रुपैयाँको बोलकबोल परेका छ ।