Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सुपरीवेक्षण

२०८२ बैशाख ७ गते

बैंकिङ खबर/ सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सुपरिवेक्षकीय प्रभावकारिता शुद्धीकरणको लागि छुट्टै महाशाखा स्थापना गरिएको छ । बैंक सुपरिवेक्षण विभागमा रहेको ‘सम्पत्ति शुद्धीकरण अनुगमन इकाइ’ मार्फत यससम्बन्धी सुपरिवेक्षण हुँदै आएकोमा उक्त कार्यलाई थप प्रभावकारी बनाउन अलग्गै ‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना भएको छ ।

महाशाखाको कार्यक्षेत्रअन्तर्गत यस बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’, र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंक र हाईड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, विप्रेषण कारोबार गर्ने संस्था, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी सेवा सञ्चालकहरू, हायर पर्चेज गर्ने संस्था, राष्ट्रिय सहकारी बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य निकायहरू तथा प्रचलित कानुनबमोजिम नेपाल राष्ट्र बैंकले सुपरिवेक्षण गर्ने भनी तोकिएका संस्था रहेका छन् ।

महाशाखाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने संस्थाको स्थलगत निरीक्षण, गैर–स्थलगत सुपरिवेक्षण तथा विशेष निरीक्षण गर्दै आएको छ । सुपरिवेक्षकीय सूचना प्रणालीमार्फत प्राप्त विभिन्न तथ्याङ्कका आधारमा महाशाखाले निरन्तर रूपमा गैर–स्थलगत सुपरिवेक्षण गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा २ वटा र आर्थिक वर्ष २०८०/८१ मा २० वटा विशेष निरीक्षण सम्पन्न गरेको छ ।