Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

यस्तो छ निवर्तमान गभर्नरको हस्ताक्षरित रु.५ को नयाँ नोट

admin २०८२ बैशाख २ गते
सेयर:

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सूचना जारी गरेर साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको बताएको हो।

चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटमा अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहनेछ।
यस्तै,, तत्कालीन गभर्नर अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं२०८१ लेखिएको हुनेछ।

नोटको मध्य भागमा वन्य याक तथा हुम्लाको लिमी क्षेत्रको हिमाल चित्र रहनेछ। यसअघि बैंकले २०७७ मंसिर १० गतेदेखि रुपैयाँ ५ दरका बैंक नोट संकेत नम्बर ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने सूचना प्रकाशित गरे पनि आजदेखि संकेत नं.प ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइने बताएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।