Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंक–एच मेडिकल सम्झौता, भारतका एपोलो अस्पतालमा ग्राहकलाई १० प्रतिशत छुट

२०८१ चैत्र २२ गते

बैंकिङ खबर/ सानिमा बैंकले ग्राहकलाई भारतको एपोलो अस्पतालमा विशेष छुट दिन एच मेडिकल एन्ड डायग्नोस्टिक प्रालिसँग सहकार्य गरेको छ। सानिमा भिसा डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउन सक्ने बैंकले जनाएको छ।

चेन्नई, बैंगलोर, नवी मुम्बई, अहमदावाद र कोलकातामा रहेको अपोलो अस्पताल, चेन्नईमा रहेको अपोलो क्यान्सर इन्स्टिच्युट, हैदराबादमा रहेको अपोलो हेल्थ सिटी, नयाँ दिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो अस्पताल र चेन्नईमा रहेको अपोलो प्रोटोन क्यान्सर सेन्टरमा छुट प्राप्त गर्न सकिनेछ।

ग्राहकले छुटका लागि अस्पताल जानुअघि बैंक वा एच मेडिकललाई जानकारी गराउनुपर्नेछ। बैंकले हाल १३४ शाखा तथा १२६ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।