बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ परेकी छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२९ कालिकास्थान बस्ने ४७ वर्षीया लैला कुमारी गहतराजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२९ कालिकास्थानबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।




