Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ

admin २०८१ चैत्र ९ गते
सेयर:

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ परेकी छन् । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२९ कालिकास्थान बस्ने ४७ वर्षीया लैला कुमारी गहतराजलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२९ कालिकास्थानबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।