March 8th, 2025

नेपालका बैंकिङ क्षेत्रमा महिला (सन्दर्भःअन्तर्राष्ट्रिय नारी दिवस)

बैंकिङ खबर/ नेपालको बैंकिङ क्षेत्रमा महिलाको सहभागिता पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ । विभिन्न वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, माइक्रोफाइनान्स, र सहकारीहरूमा महिलाहरू नेतृत्वदायी भूमिकामा समेत देखिन थालेका छन् ।

नेपाल बैंकर्स संघका अनुसार २०८०÷८१ मा नेपालका वाणिज्य बैंकहरुमा कर्मचारीको संख्या ४१ हजार ६०३ जना रहेको छ । त्यसमा १५ हजार बढी महिला कर्मचारीहरु रहेका छन् ।

पछिल्लो वर्षहरुमा बैंकिङ क्षेत्रमा महिला सहभागिताको क्रम निकै बढ्दै गएको छ । नयाँ नियुक्त हुने कर्मचारीमा आधाभन्दा बढी हिस्सा महिलाको छ । छोडेर जाने वा अवकाश पाउने कर्मचारीहरु महिलाभन्दा पुरुष बढी रहेकोले अबको केही वर्षमा यो क्षेत्रमा महिलाभन्दा पुरुषको संख्या बढी हुनसक्ने संघले जनाएको छ ।

बैंकमा महिला सहभागिता यसरी बढ्नुको केही कारणहरु छन् । पहिलो, अघिल्लो दशकदेखि नै विद्यालय भर्ना हुने विद्यार्थीमा महिला र पुरुषको संख्या उत्तिकै रहेको पाइएको छ । यसको सकारात्मक प्रभाव विद्यालय वा विश्वविद्यालय शिक्षासम्मै परेको छ । यतिबेला विश्वविद्यालयबाट डिग्री हासिल गर्नेको संख्यामा पनि महिलाकै वर्चस्व देखिन थालेको छ । यसको प्रभाव स्वभाविक रुपमा श्रम बजारमा परेको छ । बैंकिङ क्षेत्र श्रम बजारको एउटा आकर्षक क्षेत्र पनि हो ।

दोस्रो महत्वपूर्ण कारण बैंकिङ क्षेत्रलाई महिला र महिला कर्मचारीका लागि बैंकिङ क्षेत्र दुवै आकर्षणको विषय हो । बैंकिङ एकप्रकारले हस्पिटालिटी क्षेत्र नै भएकोले यो यो क्षेत्रको सेवामा पुरुष भन्दा महिला नै बढी प्रभावकारी हुने प्रमाणित भइसकेको छ ।

महिलाहरुका लागि पनि बैंकिङ क्षेत्र प्रमुख आकर्षणको क्षेत्र हो । प्रायः कार्यालयभित्रै बसेर काम गरिने र धेरै शारीरिक परिश्रम गर्नु नपर्ने भएकोले यो क्षेत्रका कर्मचारीलाई ‘ह्वाइट कलर वर्कर’ पनि भनिन्छ । यस्तो प्रकृतिको काम गर्ने चाहना जोकोहीलाई हुन्छ । तर, महिलाहरुलाई भने यही प्रकारको काम निर्विकल्प जस्तै हुन्छ । त्यसैले पनि यो क्षेत्रमा महिलाको उच्च सहभागिता देखिएको हो ।

महिलाको सहभागिता र चुनौतीहरू

नेतृत्वमा वृद्धिः केही ठूला बैंकहरूमा महिलाहरू उच्च व्यवस्थापन तहमा पुगेका छन्।
महिला उद्यमशीलता प्रवद्र्धनः महिलामैत्री बैंकिङ सेवा, जस्तै महिला बचत खाता, कर्जा सुविधा आदिले महिला उद्यमशीलतालाई सहयोग गरेको छ।

बैंकिङ क्षेत्रमा महिलाका अवसरहरू

वित्तीय पहुँच विस्तार – बैंक तथा वित्तीय संस्थाहरूले ग्रामीण भेगमा समेत शाखा विस्तार गर्दा महिलाहरूका लागि रोजगारीका अवसरहरू बढेका छन्।

डिजिटल बैंकिङमा संलग्नता – मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता प्रविधिमा महिलाहरूको संलग्नता बढ्दै गएको छ।

नयाँ बैंकिङ सेवामा अवसर – बीमा, लगानी बैंकिङ, मर्चेन्ट बैंकिङ, माइक्रोफाइनान्स जस्ता क्षेत्रमा महिलाहरूको भूमिका बढ्दैछ।

बैंकिङ क्षेत्रमा महिलाले भोग्नुपर्ने प्रमुख चुनौतीहरू

नेतृत्व तहमा सीमित प्रतिनिधित्व – अझै पनि अधिकांश बैंकहरूमा उच्च व्यवस्थापन तथा सञ्चालक समितिमा महिलाको उपस्थिति न्यून छ।
लैंगिक विभेद र सामाजिक पूर्वाग्रह – महिलाहरूलाई परम्परागत रूपमा घर तथा पारिवारिक भूमिकामा मात्र सीमित गरिने प्रवृत्ति बैंकिङ क्षेत्रमा पनि देखिन्छ।
काम–जीवन सन्तुलनको चुनौती – लामो कार्य समय, लक्ष्य पूरा गर्ने दबाब, तथा पारिवारिक दायित्वका कारण महिलाहरू उच्च पदमा पुग्न कठिनाइ भोगिरहेका छन्।
वित्तीय साक्षरताको अभाव – धेरै महिलाहरू अझै पनि वित्तीय ज्ञानबाट वञ्चित छन्, जसले बैंकिङ सेवामा उनीहरूको पहुँचलाई सीमित बनाउँछ।

बैंकिङ क्षेत्रमा महिलाका लागि सुधारका उपायहरू

लैंगिक समानता प्रवद्र्धन गर्ने नीति निर्माण – बैंक तथा वित्तीय संस्थाहरूले महिलाका लागि विशेष अवसर तथा नीति अवलम्बन गर्न आवश्यक छ।

महिला उद्यमशीलता प्रवद्र्धन – महिला उद्यमीलाई लक्षित सहुलियतपूर्ण कर्जा तथा वित्तीय सेवाहरू विस्तार गर्नुपर्छ।

सीप विकास र तालिम कार्यक्रम – बैंकिङ क्षेत्रमा महिलाहरूको सशक्तीकरणका लागि विभिन्न वित्तीय साक्षरता कार्यक्रम, तालिम, र वर्कशपहरू आवश्यक छन्।

डिजिटल बैंकिङ र प्रविधिमा पहुँच – डिजिटल बैंकिङ तथा वित्तीय प्रविधिहरूमा महिलाहरूको संलग्नता बढाउन आवश्यक छ। नेपालको बैंकिङ क्षेत्रमा महिलाहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गए पनि अझै पनि नेतृत्व तहमा पुग्न र वित्तीय पहुँच विस्तार गर्न धेरै काम गर्नुपर्ने देखिन्छ। महिला सशक्तीकरण, वित्तीय साक्षरता, र नीति निर्माणका माध्यमबाट बैंकिङ क्षेत्रमा महिलाको भूमिका अझ मजबुत बनाउन सकिन्छ।