Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

७ भारतीय क्रिप्टो कारोबारी फर्पिङबाट पक्राउ

२०८१ फाल्गुन २३ गते

बैंकिङ खबर/ काठमाडौं फर्पिङबाट प्रहरीले ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार फर्पिङ चेकपोष्टबाट पक्राउ परेका उनीहरू क्रिप्टोकारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ पर्नेमा राजस्थान घर भएका २१ वर्षीय अजय सैनी, १८ वर्षीय हिमान्सु सैनी, २६ वर्षीय अंकित सैनी, १९ वर्षका आर्यन सैनी, २० वर्षीय अभिषेक सैनी, १८ वर्षीय बिरेन्द्र गुजर र ४२ वर्षीय उमाशंकर शर्मा छन् ।

आरोपीहरूको साथबाट ३२ थान मोबाएल बरामद गरिएको छ । मोबाइल चेकजाँच गर्दा उनीहरुले १ करोड ८९ लाख बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको छ । बरामद मोबाइल परीक्षणको लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइने प्रहरीले जनाएको छ ।