December 13th, 2016

पुनः ५० करोडको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले पुनः ५० करोड रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थामा रहेको तरलता व्यवस्थापनका लागि उक्त अनुपातमा रिभर्स रिपो जारी गर्न लागेको हो । बुधबार दिउसो २ बजे विक्री गरिने उक्त रिभर्स रिपो क, ख र ग वर्गका बैंकले खरिद गर्न पाउनेछन् । रिभर्स रिपो अनलाइन बोलकबोलका आधारमा विक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

ripo