प्रभु क्यापिटल लिमिटेडले २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको आठौं बार्षिक साधारण सभाले संस्थाको आ.व २०७२/७३ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । विगत ८ वर्ष देखि संचालनमा रहेको यस कम्पनीले ग्राहकहरु समक्ष आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको संचालक समितिका अध्यक्ष बिनोद थकालीले वताए । साधारण सभाले संचालक समितिमा भएको परिवर्तनलाई समेत अनुमोदन गरेको छ ।

