
बैंकिङ खबर/ एक बैंकका कर्मचारी भन्छन्,‘तलब नबढेको ३ वर्ष भन्दा धेरै भो । महंगी पनि ३ वर्षदेखि नबढेको भए नेपाली नेपालमै बस्थे होलान् । प्रहरीमा जस्तै नेपाली बैंकिङ क्षेत्रमा पनि माथिल्लो तहका हाकिमहरुको रिटायरमेन्ट हुने बेलामा गरिने बढुवा प्रवृत्ति मौलाएको छ । तर के गर्नु साना तहका कर्मचारीलाई कोही काखा कोही पाखा गरिन्छ । त्यसैले नेपालीहरु अझै पनि विदेशिने छन् । हेक्का रहोस्,नेपालीहरु अहिले पैसा भन्दा पनि ब्यालेन्स लाइफ जिउन चाहन्छन् ।’
अर्का बैंककै कर्मचारी भन्छन्,‘नीजि बैंकमा तलब नबढेको करिब ८ वर्ष भयो, अनि कसरी बैंकका कर्मचारी टिक्न सक्छन । बिहान ९ बजेदेखि राति ७÷८ बजेसम्म बंैकभित्र नै काम गर्नुपर्छ ।’
अर्का कर्मचारी भन्छन्,‘के गर्नु सरकारको नीति नियमहरु नै त्यसरी आउँछ । कि बैंक र बैंकर दुबैलाई देश छोड्न बाध्य तुल्याउँछ ।’ यी त बैंकमा काम गर्ने कर्मचारीका केही प्रतिनिधि अनुभवहरु मात्रै हुन् । तर पछिल्लो समय बैंकमा काम छोड्ने कर्मचारीको संख्या बढ्दै गएको छ ।
एक वर्षमा ३ हजार बढी कर्मचारीले छाडे जागिर
पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा कार्यरत तीन हजार बढी कर्मचारीले जागिर छाडेका छन् । बैंकर्स संघका अनुसार २०७९/८० मा ४४ हजार ९ सय ६२ जना रहेको कर्मचारी संख्या २०८०/ ८१ मा ३३ सय ५९ ले घटेर जम्मा ४१ हजार ६ सय ३ जनामा सीमित भएको छ ।
बैंकको पेलानमा परेकाहरु सहन नसकी राजीनामा दिने, अन्य पेसा व्यवसाय गर्ने र नभए विदेश पलायन हुनु प्रमुख कारण बनेको छ । अहिले बैंकका काम गर्ने रुची गर्ने मात्रै होइन बैंकमा जागिर गरिरहेका व्यक्तिसमेत टिक्ने क्रम घट्दो छ । प्रायः ३० वर्षभन्दा कम उमेर समूहका कर्मचारीहरुले राजीनामा गर्दै विदेश जाने चाहना राख्न थालेकोे विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु नै बताउँछन् ।
यसरी बैंकका कर्मचारीले जागिर छोड्नुका धेरै कारण हुन सक्छन् । यस्ता कारणहरू व्यक्तिगत, संगठनात्मक र बाह्य परिस्थितिहरूसँग सम्बन्धित हुन्छन्। विस्तृतमा कारणहरू निम्नानुसार छन् ।
प्रमोशन अवसरको कमीः लामो समयसम्म उही पदमा रहनु र अगाडि बढ्ने अवसर नपाउनु पनि जागिर छोड्नुको मुख्य कारण हो ।
सीप विकासको अभावः नयाँ सीप सिक्ने वा तालिमको अवसर नपाउँदा कर्मचारी असन्तुष्ट हुन सक्छन्।
कामको तनाव र असन्तुलन
अत्यधिक कामको बोझः लक्ष्य पूरा गर्न दबाब बढी हुनु।
काम र निजी जीवनको असन्तुलनः लामो समय काम गर्नु परेमा व्यक्तिगत जीवन प्रभावित हुन्छ।
मानसिक तनावः लगातारको दबाबले मानसिक स्वास्थ्यमा असर पर्न सक्छ।
कम तलबः अन्य बैंक वा क्षेत्रसँग तुलना गर्दा कम तलब पाउनु।
बोनस र लाभको अभावः प्रदर्शनअनुसार प्रोत्साहन नपाउँदा कर्मचारी असन्तुष्ट हुन्छन्।
प्रबन्धकीय व्यवहारः खराब व्यवस्थापन वा कठोर नेतृत्वले कर्मचारीलाई असन्तुष्ट बनाउँछ।
कार्यस्थलको राजनीतिः भेदभाव, गुटबन्दी, वा अस्वस्थ प्रतिस्पर्धाले असहज वातावरण सिर्जना गर्छ।
मान्यता नपाउनुः राम्रो कामको कदर र पहिचान नहुनु।
क्यारियर परिवर्तनको इच्छा
नयाँ अवसर खोज्नुः नयाँ र विविध अवसर खोज्नको लागि कर्मचारीले जागिर परिवर्तन गर्छन्।
उद्यमशीलताः आफ्नो व्यवसाय सुरु गर्न चाहने कारणले पनि कर्मचारीले जागिर छोड्छन्।
बैंकको आर्थिक स्थितिः यदि बैंक अस्थिर छ भने कर्मचारीले सुरक्षित जागिर खोज्छन्।
संस्थागत पुनर्गठनः विभागीय पुनःसंरचना वा कर्मचारी कटौतीका कारण जागिर गुम्ने डरले अन्यत्र जान सक्छन्।
दूरको कामस्थानः बैंकको शाखा धेरै टाढा हुनाले यात्रा गर्न गाह्रो पर्न सक्छ।
स्थानान्तरणको असहमतिः कम्पनीले कर्मचारीलाई स्थानान्तरण गर्दा असन्तुष्टि हुन सक्छ।
अन्य बाह्य कारणहरू
प्रविधिको विकासः डिजिटलाइजेसन र स्वचालनले काममा चासो घट्न सक्छ।
परिवारिक कारणः परिवारको दबाब वा व्यक्तिगत कारणले जागिर छोड्ने निर्णय लिन सक्छन्।
यी सबै कारणहरूको समष्टिगत असरले बैंकका कर्मचारीहरू जागिर छोड्ने निर्णय लिन्छन्। यसलाई समाधान गर्न, बैंकहरूले सन्तोषजनक तलब, राम्रो कार्यस्थल वातावरण र क्यारियर विकासको अवसर प्रदान गर्न आवश्यक हुन्छन् ।




