Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख नाघ्यो

admin २०८१ माघ २२ गते
सेयर:

बैंकिङ खबर/ चालु आवको पुस महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्तको संख्या २ करोड ६३ लाख ३६ हजार १ सय १७ पुगेको छ । अघिल्लो महिनामा मंसिरमा २ करोड ६० लाख ३४ हजार ३ सय ५४ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुषमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ लाख बढीले बढेको हो । गत पुस मसान्तसम्म २ करोड ३२ लाख १५ हजार १ सय ८० रहेको मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या यो पुष मसान्तसम्म बढेर २ करोड ६३ लाख ३६ हजार १ सय १७ पुगेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड १३ लाख ६३ हजार ९८९ थियो। मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दा वालेट प्रयोगकर्ताको भने घटेको छ । मंसिरको तुलनामा पुसमा वालेट प्रयोगकर्ताको संख्या ८१ हजारको हाराहारीमा घटेको हो । गत मंसिरमा २ करोड ५६ लाख ६२ हजार रहेको वालेट प्रयोगकर्ताको संख्या पुषमा २ करोड ५५ लाख ८० हजारमा सीमित भएको छ ।

गत वर्षको पुसमा २० लाख ८८ हजार ८ सय ३१ रहेको इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या चालु आवमा २१ लाख ८८ हजार ३ सय ८४ पुगेको छ । पुससम्म मोबाइल बैंकिङबाट ३ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वालेट प्रयोग गरी ४० अर्ब रुपैयाँ भुक्तानी भएको छ ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।