
बैंकिङ खबर/ बैंक चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन्। दाङको तुलसीपुर उपमहानगर ५ ‘क’लाइनमा रहेको एनएमबि बैंकको शाखामा चोरी गरिरहेको अवस्थामा वडा नम्बर १८ दुधरासका २७ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बैंकको च्यानल गेटको ताला फोडेरभित्र पसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। उनको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेडलगायत चोरी गर्न प्रयोग भएका सामग्री बरामद गरिएको छ। यसका साथै उनी सवार रा. ५ प ९७९ नम्बरको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।