December 8th, 2016

यसरी तोडियो नेपालको इन्टरनेटमा भारतको एकाधिकार

china-nepalनेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी)बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थल केबुलमार्गमा जोड्न सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबलका कार्यकारी उपाध्यक्ष ओउ यानले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार चाइना टेलिकमले चीन हुँदै विश्वबजारको स्थल दूरसञ्चार नेटवर्कमा जोडिन नेपाल टेलिकमलाई आइपी सर्भिस उपलब्ध गराउनेछ ।

यससँगै, नेपालमा स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिएको छ । हाल नेपालले दूरसञ्चारमा अन्तर्राष्ट्रिय अबद्धताका लागि एकभन्दा बढी मुलुकको स्याटेलाइट प्रयोग गरे पनि स्थलगत आबद्धता भने भारतबाट मात्रै हुँदै आएकोमा खब भने सो एकाधिकार तोडिने भएको हो ।