Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एभरेष्ट बैंक १३०औं र १३१औं शाखा फिदिम र फुङलिङमा

२०८१ पुष १२ गते

 

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा शाखा विस्तार गरेको छ ।  ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पुस ११ गतेका दिन फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गतेका दिन फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरिएको हो ।

यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।