बैंकिङ खबर/ सिद्दार्थ बैंक जनकपुरको मिल्स एरियास्थित शाखा प्रबन्धक अरन बल्मप्याकीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका- ८ बस्ने ॠणि सुध्रिकादेवी कुर्मीले बल्मप्याकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै पक्राउ गरेको हो ।
ॠणि कुर्मीले केही वर्षअघि ॠण लिँदा धितोबापत राखेको जनकपुर-८ कै साढे ८ धुर जग्गा बल्मप्याकीले जानकारीबिनै लिलामी गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।