बैंकिङ खबर/एनएमबी बैंकको सञ्चालकमा ठाकुरजंग थापा नियुक्त भएका छन्। बैंकको ४७८औँ सञ्चालक समितिको बैठकबाट उनलाई नियुक्त गरिएको हो।
ठाकुर कर्मचारी सञ्चय कोषकातर्फबाट बोर्डको सञ्चालक समितिमा नियुक्त भएका हुन्। यसअघि कोषको प्रतिनिधिका रूपमा बैंकको सञ्चालकमा जीवनकुमार कटवाल थिए। बैंकले उनको स्थानमा ठाकुरजंग थापालाई ल्याएको हो। कर्मचारी सञ्चय कोष एनएमबी बैंकको संस्थापक सेयरधनी हो।