बैंकिङ खबर/लक्ष्मी सनराइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । बैंकको पोखरा महानगरपालिका वडा नं. २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं. ६ स्थित हल्लनचोक (लेकसाइड) मा स्थानान्तरण गरिएको छ ।
स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा नं. २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नेछन् ।
सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७ औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ। उक्त काउन्टर पोखरा महानगरपलिका वडा नं. १६ को बाटुलेचौरमा स्थापना भएको हो ।
साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा न.३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्वतर्फ स्थानान्तरण भएको छ ।
स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।