बैंकिङ खबर/ फाइनान्स कम्पनीहरुले भदौ मसान्तमा ८७ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। जसमा गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स एक्लैले ५३ करोड ८९ लाख आर्जन गरेको छ भने दोस्रोमा रहेको आइसीएफसी फाइनान्सले ८ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ। १७ मध्ये ४ वटा फ़ाइननस कम्पनी मात्रै गत आर्थिक वर्षको यस अवधिसँगको तुलनामा नाफामा देखिएका छन्।




