Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निफ्राले उर्जा ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त

२०८१ कार्तिक १ गते

बैंकिङ खबर/नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र (२०८८/८९) जारी गर्ने भएको छ । वार्षिक ६ प्रतिशत ब्याजदरमा बैंकले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो ।

बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त गरेको छ । बिहीबार एक समारोहकाबीच बैंकका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृती पश्चात निष्काशन गरिने कूल ऋणपत्रको ६० प्रतिशत ऋणपत्र संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारण लगानी कर्ताहरुका लागि सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ ।