Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

बौद्धिक सम्पत्ति खरिद तथा प्रयोगबापत १ महिनामा नेपालबाट बाहिरियो १२ करोड रुपैयाँ

२०८१ आश्विन १० गते

बैंकिङ खबर/चालू आर्थिक वर्षको पहिलो महिनामै बौद्धिक सम्पत्ति खरिदमा नेपालीले १२ करोड रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको तथ्यांकमा बौद्धिक सम्पत्ति खरिद तथा प्रयोग गरेबापत नेपालबाट साउन महिनामा मात्रै १२ करोड ७ लाख रुपैयाँ बाहिर गएको हो।

यस्तै सोही शीर्षकमा नेपालमा भने ५ लाख रुपैयाँ मात्रै भित्रिएको छ। नेपाल राष्ट्र बैंकले शोधनान्तर तथ्यांकलाई अन्तर्राष्ट्रिय मापदण्ड बीपीएम सिक्सअनुसार लगेसँगै बौद्धिक सम्पत्ति आयातनिर्यातको समेत तथ्यांक राख्न थालेको छ।

जसमा चालू आवको एक महिनामा मात्रै बौद्धिक सम्पत्ति प्रयोग तथा खरिद बिक्रीतर्फ नेपालको व्यापार १२ करोड रुपैयाँले घाटामा रहेको छ।