Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना

२०८१ भाद्र ६ गते

बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर एक योजना सार्वजनिक गरेको छ । ‘फेस्टिभ अफर अफ भेइकल लोन’ अन्तर्गत बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा योजना ल्याएको हो ।

मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने जनाइएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडी (इभी) को हकमा बढीमा ८० प्रतिशत र पेट्रोलरडिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । बढीमा ७ वर्षसम्म कर्जा अवधि दिइने यो योजना भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागु हुने बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभरि ब्याजदर परिवर्तन हुने छैन । निवेदन दिएको ७ कार्य दिनभित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जासम्बन्धी अन्य प्रचलित नियमहरू आकर्षित हुने बैंकले स्पष्ट पारेको छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने बैंकले जनाएको छ ।