August 16th, 2024

नबिल बैंकको ब्याजदर स्थिर

बैंकिङ खबर/ नबिल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले भदौका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत, रेमिटेन्सतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनका लागि पनि बैंकले यही ब्याजदर कायम राखेको थियो ।

साधारण बचत खातामा पनि बैंकले ब्याजदर स्थिर राखेको छ । साधारण बचत खातामा बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र रेमिटेन्स बचत खातामा ६ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनमा पनि बैंकले यही ब्याजदर तोकेको थियो । यस बैंकको आधारदर ७.६३ प्रतिशत र स्प्रेडदर ३.९९ प्रतिशत छ ।