Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकको ब्याजदर स्थिर

२०८१ श्रावण ३२ गते

बैंकिङ खबर/ नबिल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले भदौका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत, रेमिटेन्सतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनका लागि पनि बैंकले यही ब्याजदर कायम राखेको थियो ।

साधारण बचत खातामा पनि बैंकले ब्याजदर स्थिर राखेको छ । साधारण बचत खातामा बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र रेमिटेन्स बचत खातामा ६ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनमा पनि बैंकले यही ब्याजदर तोकेको थियो । यस बैंकको आधारदर ७.६३ प्रतिशत र स्प्रेडदर ३.९९ प्रतिशत छ ।