Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकका ग्राहकलाई रिभरसाइड स्प्रिंग्स् रिसोर्टमा विशेष छुट

२०८१ श्रावण ३० गते

बैंकिङ खबर/सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यम प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न रिभरसाइड स्प्रिंग्स् रिसोर्ट प्रालिसँग छुट सम्झौता गरेको छ।

बैंकका ग्राहकले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप क्यूआर प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिंग्स् रिसोर्टका विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकलाई विभिन्न छुट तथा अफर उपलब्ध गराएर डिजिटल भुक्तानी प्रयोगमा प्रोत्साहन गर्दै आएको बैंकले जनाएको छ। हाल बैंकले १३३ शाखा र १२४ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।