August 10th, 2024

समृद्धि फाईनान्सको इटहरी शाखाबाट वृक्षारोपण


बैंकिङ खबर/समृद्धि फाइनान्सले शुक्रबार संस्थाको इटहरी शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी बिराटनगर लयेन राजमार्ग परिसरमा १८ बगम्बेली फूलका बोट लगाइ सम्पन्न गरिएको हो ।

साउन पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भइसकेको र साउन महिनाभित्र फाइनान्सका अन्य शाखाहरूबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ । समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।