August 8th, 2024

समृद्धि फाइनान्सको औरही शाखाद्वारा वृक्षारोपण

बैंकिङ खबर/ समृद्धि फाइनान्स औरही शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कूल– औरही १ परिसरमा विभिन्न फलफुल र फुलका २७ विरुवा रोपिएको छ।

साउन पहिलो साताबाट शुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिनाभित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ । समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेविट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ ।