Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रिन डेभलपमेन्ट बैंकको नाफा तीन करोड ८६ लाख

२०८१ श्रावण २४ गते

बैंकिङ खबर/पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष ०८०/८१ मा तीन करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।

गत आवमा बैंकले चार अर्ब ९७ करोड निक्षेप संकलन र चार अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरी सो नाफा आर्जन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले जानकारी दिए ।

तीन करोड १२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेकोे बैंकको प्रतिसेयर आम्दानी पाँच रुपैयाँ ७९ पैसा, प्रतिसेयर नेटवर्थ एक सय १६ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात ६८.३८ गुणा रहेको छ ।बंैकले अघिल्लो आवमा ०७९/८० मा एक करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा बैंकको ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफा बढेको बैंकले जनाएको छ । बैंकका सिइओ बुढाथोकीका अनुसार ५३ करोड ८७ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा आठ करोड ७५ लाख रुपैयाँ छ ।