August 7th, 2024

कुमारी बैंकका ग्राहक तथा कर्मचारीलाई पुष्पाञ्जली अस्पतालमा विशेष छुट

 

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले भरतपुरको पुष्पाञ्जली अस्पताल प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँग आवद्धता प्रमाणका अधारमा अस्पतालले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो सम्झौता बमोजिम ग्राहक तथा बैंकका कर्मचारीहरुको लागि अस्पतालले प्रदान गर्ने सेवा सुविधामा २० प्रतिशतसम्म छुटहरु प्राप्त गर्न सक्नेछन् । सम्झौतामा कुमारी बैंकका तर्फबाट बागमती प्रदेश (उपत्यका बाहिर) प्रमुख राज कुमार श्रेष्ठ र सौराहा शाखाका शाखा प्रवन्धक नरेन्द्र महतोले हस्ताक्षर गरेका थिए भने पुष्पाञ्जली अस्पताल प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक सुजन राज अधिकारी र सामाजिक सेवा एकाई इन्चार्ज केदार प्रसाद सुवेदीले हस्ताक्षर गरेका थिए।