Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१३.८२ करोडको ट्रेजरी बिल सोमबार

admin २०७३ मंसिर १२ गते
सेयर:

नेपाल राष्ट्र बैंकले १३ करोड ८२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले ९१ दिने अवधिको दुई करोड ८२ लाख रुपैयाँ र ३६४ दिने अवधिको ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा विक्रि गरिनेछ । 

९१ दिने अवधिको ट्रेजरी बिल आगामी फाल्गुन १७ गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ मंसिर १२ गते परिपक्व हुनेछ । 

यसअघि गत सोमबार पनि राष्ट्र बैंकले २२५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो । जसमा ७७१ करोड ५० लाख रुपैयाँको बोलकबोल परेको थियो । 

नेपाल सरकारका लागि छोटो अवधिका आन्तरिक ऋण उठाउने उद्देश्यले राष्ट्र बैंकले बेलाबेलामा ट्रेजरी बिल बिक्री गर्ने गर्दछ । 


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।