Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरमा ४८ लाख रकम भराउने फैसला भएका प्रतिवादी पक्राउ

२०८१ श्रावण २२ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर घर भएर लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठ छन् ।उनले २४ लाख पीडितलाई र २४ लाख जरिवाना असुल गर्नुपर्ने अदालतले ठहर गरेको छ ।

उच्च अदालत पाटनले उनलाई २०७८ कार्तिकमा क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार जम्मा गराउने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए । प्रतिवादीलाई न्यूरोडबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।