Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकका ग्राहकले दूसितथानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने

२०८१ श्रावण २२ गते

बैंकिङ खबर/ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई धुलिखेलस्थित दूसितथानी हिमालयन रिसोर्टमा छूटको व्यवस्था भएको छ । डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्नका लागि बैंक र उक्त रिसोर्टबीच सम्झौता भएको हो ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट रक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरुमा १५ प्रतिशतको छूट प्राप्त सकिने छ ।

कम्पनीले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छूटको विस्तृत विवरण कम्पनीको वेबसाइटमा उपलब्ध गराएको जनाएको छ ।

कम्पनीको सात वटै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।