बैंकिङ खबर/ काठमाडौं महानगरपालिका वडा नं.२८, कमलादीमा केन्द्रीय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ५, लगनखेलमा रहको शाखा कार्यालयलाई वडा नं. ६, प्रयागपोखरीमा स्थानान्तरण गरी कारोबार सञ्चालनमा ल्याएको छ ।
कार्यक्रमको समुद्घाटन संस्थाका सञ्चालक दिप्रश शाक्यले गरेका थिए । निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.स. २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाले स्थानान्तरण गरेको लगनखेल शाखाको अतिरिक्त काठमाडौं महानगरपालिका–२८ कमलादीमा रहेको केन्द्रिय कार्यालय सहित न्युरोड, ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र तिलोत्तमा, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ्रे गाउँपालिका, मकवानपुरको हेटौडा, जनकपुरको धनुषाधाममा रहेका शाखा कार्यालय र काठमाडौंको कालिमाटीमा रहेको विस्तारित काउण्टरमार्फत आफ्नो सेवा प्रदान गरिरहेको जनाएको छ ।
संस्थाले अत्याधुनिक बैकिंग सेवाको साथसाथै मोवाईल बैकिंग सेवा, डिजिटल बैंकिंग, एटिएम कार्ड, कनेक्ट आईपिएस, कर्पोरेट पे, ईन्टरनेट बैकिंग, एसएमएस सुविधा लगाएतका सेवाहरु सञ्चालनमा रहेका सबै शाखाहरु मार्फत प्रदान गर्दै आइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले जानकारी दिए ।